काठमाडौं, जेठ २८ । सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को बिशेष टोलीले ठगीको मुद्दामा अनुसन्धानका लागि सो बैंकका तात्कालिन अध्यक्ष श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो । सिआइवीले यसअघि पनि सो बैंकको सिइओसहित उच्च पदस्थ कर्मचारी पक्राउ गरेको थियो ।
सिआइवीको प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोटगीका अनुसार सोही मुद्धामा अनुसन्धानका लागि ८ जनालाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्