काभ्रे, जेठ ३१ । नेकपा एमाले काभ्रेपलाञ्चोकको अध्यक्षमा राजन भुर्तेल निर्वाचित हुनुभएको छ ।
११ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धी चन्द्र लामालाई ८१ मतको अन्तरले पराजीत गर्दै भुर्तेल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा भुर्तेलले ३८० मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी लामाले २९९ मत पाउनु भएको छ ।
अध्यक्षमा निर्वाचित भुर्तेल एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको समर्थनमा चुनावी मैदानमा उत्रनुभएको थियो । भुर्तेललाई धुलिखेल नगरपालिकाका मेयरसमेत रहनुभएका एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुको समेत समर्थन रहेको थियो ।
यसैगरी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुस रन्जितकार र उपसचिव महिलामा सूर्यमाया दनुवार निर्वाचित हुनुभएको छ ।
कस्को मत कति ?
अध्यक्ष
१. राजन : ३८० बिजयि
२. चन्द्र लामा: २९९
उपाध्यक्ष
१. आत्माराम थापा: २०८
२. देवसागर लामा: ४७१ बिजयि
सचिव
१. राजकुमार सापकोटा: ४४४ बिजयि
२. होम प्रसाद चौलागाई: २३५
उप-सचिव (महिला)
१. पबित्रा भुर्तेल: २३८
२. शान्ता न्यौपाने: ८०
३. सुर्यमाया दनुवार: ३६१ बिजयि
उप सचिव (खुल्ला)
१. पुरुषोत्तम अधिकारी: १५३
२. रत्नकुश रञ्जितकार: ३२४ बिजयि
३. हरीकुमार मैनाली : २०२
प्रतिक्रिया दिनुहोस्