काठमाडौं, जेठ ३१ । जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षामा अधिकांश परीक्षार्थीहरु अनुतिर्ण भएका छन । लोकसेवा आयोगले लिएको परीक्षामा निकै न्यून मात्रामा उत्तीर्ण भएको पाइएको हो ।
न्याय सेवा आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको लागि लिइएको परीक्षामा ८ जना मात्र उत्तीर्ण भएका हुन । २०८१ जेठ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्षामा २०३ जनाले परीक्षा दिएका थिए । तीमध्ये खुल्लामा ७ र आन्तरिक खुल्लामा ४ जना मात्र उतिर्ण भएका हुन ।
परीक्षामा अन्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाईँ, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, वसन्तराज जोशी र मणिराम ज्ञवाली लोकसेवा आयोगको परीक्षाबाट लिखित परीक्षामा उत्तीर्ण हुन सफल हुनुभएको हो ।
न्याय सेवा आयोगको आज बसेको बैठकले उनीहरूको नाम सार्वजनिक गर्दै असार ६ र ७ गते बोलाएको छ । आयोगले आन्तरिक खुल्लामा २१ खुल्लामा १२ , महिला ४, आदिवासी जनजाति २, मधेसी २ ,दलित १ र अपाङ्ग १ गरी ४३ जनाको विज्ञापन गरेको थियो । तर उक्त विज्ञापनमा आवेदन दिएकामध्ये खुल्ला र आन्तरिक खुल्लामा परीक्षा दिएकाहरू पास भए पनि मधेसी, महिला, जनजाति दलित र अपाङ्गमा एक जना पनि लिखित परीक्षामा उत्तीर्ण नभएको पाइएको छ । अब रिक्त पदमा न्याय परिषद्ले नियुक्ति गर्नेछ ।
संविधानले नै परीक्षाको माध्यमबाट जिल्ला न्यायाधीशमा निश्चित कोटा नियुक्ति गर्ने व्यवस्था गरेको छ । तर हरेक वर्ष न्यून मात्र उम्मेदवार उत्तीर्ण हुने हुँदा फेल भएका अयोग्य जनशक्तिबाटै पुनः परिषद्ले नियुक्ति गर्ने गरेको छ । यसपटक पनि ३५ जना अयोग्य ब्यक्तिलाई चोर बाटोबाट जिल्ला न्यायाधीश बनाइने भएको हो ।
न्याय सेवा आयोगमा प्रधानन्यायाधीश अध्यक्ष, वरिष्ठतम न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष, महान्यायाधिवक्ता र कानुन मन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ । आयोगमा न्याय परिषद्को सचिव सदस्यको रूपमा रहने ब्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्