गुल्मी, जेठ ३२ । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ ।
१२ औं जिल्ला अधिबेशनको क्रममा नेतृत्व चयनका लागि भएको निर्वाचनमा १ सय ८२ मतको अन्तरमा काउछा अध्यक्षमा निर्वाचित हुनुभएको हो । कुल ५९५ प्रतिनिधिले मतदान गरेकोमा काउछा ३८४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी हिरा एसीले २ सय २ मत पाउनु भएको छ ।
त्यसैगरी उपाध्यक्षमा जीवन खरेल निर्वाचित हुनुभएको छ । उहाँले ३४८ मत ल्याउँदा प्रतिस्पर्धी गणेश श्रीपालीले २ सय १२ मत पाउनु भयो । यसैगरी सचिवमा धर्म बिश्वकर्मा बिजयी हुनुभएको छ । बिश्वकर्मा ३ सय ७१ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी पदम अर्यालले १ सय ९० मत पाउनु भएको छ ।
यस्तै उपसचिवमा खुलातर्फ चक्रबन्धु भुसाल विजयी हुनुभएको छ । भुसाल ३४८ मत ल्याएर बिजयी हुँदा प्रतिस्पर्धी ओम कार्कीले २१६ मत ल्याउनु भएको छ । महिला उपसचिवमा लक्ष्मी पन्त निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार सुरु भएको अधिवेशन सहमतिका लागि रोक्दै बिहीबार राति मात्रै निर्वाचनमा गएको थियो ।
प्रतिक्रिया दिनुहोस्