जनता टाइम्स

१ असार २०८१, शनिबार २०:१८

वाग्मती सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट : शिक्षा-स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य प्राथमिकता (पूर्णपाठ)


हेटौंडा, असार १ । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बागमती सरकारले बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ बिनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री थपलियाले जानकारी दिनुभयो ।

कुल बजेटमा चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २.३२ प्रतिशत बजेट बिनियोजन गरिएको छ । गत वर्ष वाग्मती प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेश सभामा मन्त्री थपलियाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।