जनता टाइम्स

१ असार २०८१, शनिबार २२:४८

सांसदबाटै बालिकालाई श्रम र सारिरीक शोषण गरेपछि


काठमाडौं, असार १ । लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्माले एक बालिकालाई घरमा काम लगाएर श्रम र सारिरीक शोषण गरेको प्रमाणित भएको छ ।

काठमाडौं महानगरपालिकाको टोलीले घरबाटै उद्धार गरेपछि सांसद शर्माको यो कर्तुत बाहिर आएको हो । काठमाडौं महानगरले सांस्द शर्माको बालुवाटारस्थित घरबाट १४ बर्षीया बालिलाई उद्धार गरेपछि खुलेको तथ्यका आधारमा सांसद शर्माविरुद्ध बालबालिका सम्बन्धी अपराध गरेको कसुरमा काठमाडौ प्रहरी परिसरमा जाहेरी दर्ता गरेको छ ।

शर्माले काठमाडौस्थित घरमा एक १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएको थियो । काठमाडौ महानरपालिकाले ती बालिकाका उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सांसद शर्मा विरुद्ध जाहेरी दर्ता गरिसकेको छ । ’बालिकामाथि कुटपिटको कसुरमा जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंको भनाई छ।

सांसद शर्माको घरमा रहेकी बालिकामाथि श्रम शोषणसँगै शारिरिक यातना समेत दिइएको जाहेरीमा उल्लेख छ । उद्धारपछि महानगरको सेफ हाउसमा रहेकी ती बालिकाले सांसद शर्माले पटक पटक यातना दिएको भन्दै सवै पीडा खुलाएकी थिइन । सांसद शर्मामाथि बालिकाको परिवारका सदस्यले जाहेरी दर्ता गराका हुन ।

शर्माको यस्तो हर्कतले पार्टीको समेत बदनाम भएको छ । उनीमाथि पार्टीबाट समेत निश्काशन गर्न एमालेका नेतादेखि कार्यकर्तासम्मले माग गरेका छन । दाङकी शर्मा एमालेबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुनुहुन्छ ।