जनता टाइम्स

२ असार २०८१, आईतवार १७:२९

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित ३२ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, असार २ । सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ । केही दिन बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीयसहित अधिकृत ३२ जना सहसचिवहरुको सरुवा गरेको हो ।

सरुवा सूचीमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परेका छन । सरुवा सूचीअनुसार भरतपुरका वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तर्गत सरुवा भएको छ ।