काठमाडौं, असार ५ । अन्तराष्ट्रिय बिमानस्थलबाट भएको ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर निवासी मनोज श्रेष्ठ र रूपक भण्डारी रहेका छन। श्रेष्ठ र भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को टोलीले भारतमा पक्राउ गरेर काठमाडौँमा ल्याएको हो ।
उनीहरूको न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ । तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ परेका थिए ।
योसँगै दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।
यी हुन पक्राउ परेका अभियुक्त
– रूपक भण्डारी
– मनोज श्रेष्ठ, भक्तपुर
– सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र
– धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र
– प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र
– सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६
– राजु खत्री, सूर्यबिनायक नगरपालिका–९
– बैजनाथ ब्रम्हादत्त गोयल, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन संचालक)
– राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्धलेक–५
– कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४
– कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु
– भीम प्रसाद तिमल्सिना, अध्यक्ष (पेवेल नेपाल प्रालि)
– प्रज्वल आचार्य, सहायक कार्यकारी अधिकृत (पेवेल नेपाल)
– सुरज सम्शेर जबरा, पेवेल नेपाल (संचालक समिति सदस्य)
– फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ (सजिलो पे)
– सुशील ज्याकिबन्जा, भक्तपुर (सजिलो पे)
– कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ (सजिलो पे)
– लाल बहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ (जेके मनि ट्रान्सफर)
– अरुण कुमार यादव, बारा (पशुपति कन्सर्न)
– सोनाम गुरुङ, चीन ।
प्रतिक्रिया दिनुहोस्