जनता टाइम्स

६ असार २०८१, बिहीबार ०२:१७

राजा फर्काउने नाराले राजेन्द्र लिङदेनको राप्रपामा भाँडभैलो : भोटरसमेत नरहने घोषणा गर्दै महिला संगठनकी अध्यक्षले त्यागिन पार्टी


काठमाडौं, असार ६ । राजा फर्काउने नारा दिएर जनतामा भ्रम छर्दै प्रदेशको सभामुख पद लिने अभियान राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाभित्र भाँडभैलो मच्चिएको छ ।

राजा फर्काउने नाराले लगातार जनताको समर्थन गुमाउँदै गएको राप्रपामा असन्तुष्टि र निरासाका कारण नेताहरुले समेत धमाधम पार्टी परित्याग गर्न थालेका हुन । यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले भोटरसमेत नरहने घोषणा गर्दै पार्टी त्याग्नुभएको छ ।

राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर रावलले महिला संगठनको अध्यक्षबाट राजीनामा दिँदै पार्टीको साधरण सदस्य र भोटरसमेत नरहने गरी राजीनामा दिनुभएको हो ।

रावलले आफूलाई पार्टीको राष्ट्रिय प्रजातान्त्रिक संगठनको महिला तदर्थ समितिको संयोजकको रुपमा दिइएको जिम्मेवारी पूरा गर्दै प्रथम महाधिवेशनबाट गत वर्ष वैशाख २५ मा अध्यक्ष भएर धेरै काम गर्दा पनि असहयोग भएको भन्दै गम्भीर आपत्ति जनाउनु भएको छ । उच्च नेतृत्वलाई यसबारेमा जानकारी भए पनि सहयोग नभएको कारण राजीनामा दिन बाध्य भएको भन्दै अव राप्रपालाई बाइबाइ गरिएको उल्लेख गर्नुभएको छ ।

 

‘आजको दिनदेखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिँदै मलगायत सम्पूर्ण मेरो परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य र यो पार्टीको भोटरसमेत नरहने जानकारी दिन चाहन्छु,’ राजीनामा पत्रमा नेतृ रावलले घोषणा गर्नुभएको छ ।