काठमाडौं, असार ६ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हजारौं सर्वसाधरणको अर्बाैं ठगी ग्रेर फरार रहेका आफ्ना ब्यापारिक साझेदार जितेन्द्र बाबु (जीबी) राई बसेको ठाउ बल्लपत्ता लगाउनु भएको छ ।
गृहमन्त्री लामिछानेले चितवनमा आज सञ्चारकर्मीसँग राई बसेको मलेसियाको ठाउ (ठाम) पत्ता लागेको जानकारी दिनुभएको हो । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको भन्दै मलेसियामा जीवी राई रहेको ठाउँ पत्ता लागिसकेको बताउनु भयो ।
ठाउ पत्ता लागिसकेकोले सहकारी ठगी प्रकरणका मुख्य आरोपी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो । फाष्टट्याकमा काम गर्ने घोषणा गर्नुभएको गृहमन्त्री लामिछानेले आफ्नै पार्टनर पत्ता लगाउन भने साढे ३ महिना लगाउनु भएको हो । राईलाई गृहमन्त्री लामिछानेले नै संरक्षण गरिरहेको र फरार गराएको आरोप लागेको छ ।
यस्तै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनु भयो । ‘हामीले सुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौं,’ लामिछानेको प्रष्टिकरण थियो ।
प्रतिक्रिया दिनुहोस्