जनता टाइम्स

७ असार २०८१, शुक्रबार १०:०४

एमालेको ६६ जिल्ला अधिवेशन सकियो, यी हुन अध्यक्षसहित पदाधिकारी टीम (सूचीसहित)


काठमाडौं, असार ७ । नेकपा एमालेले ७७ मध्ये ६६ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । जेठ मसान्तसम्म सवै जिल्ला अधिवेशन सम्पन्न गर्ने समयसीमा तोकेको एमालेले भूगोलतर्फका ११ र बिशेष जिल्ला कमिटी एक गरी १२ जिल्लामा भने अधिवेशन गर्न सकेको छैन ।

अधिवेशनमार्फत एमालेले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनमार्फत एमालेले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी ५ जना पदाधिकारी छनोट गरेको हो । जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन जारी गरेको एमालेले बाँकी जिल्लाको अधिवेशन पनि चाँडै गर्ने जनाएको छ ।

सम्पन्न भएका जिल्ला अधिवेशनबाट कोशी प्रदेशका १४ मध्ये ११ जिल्लामा नयाँ कार्यसमिति चयन भएको छ । यसैगरी मधेस प्रदेशमा आठमध्ये पाँच जिल्लाको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुँदा बागमतीका १३ वटै जिल्लाको अधिवेशन गरेर नयाँ नेतृत्व छानेको छ । बागमतीका १३ मध्ये ६ जिल्लाका अध्यक्ष दोहोरिँदा उपत्यकाका तीन वटै जिल्लाका अध्यक्ष दोहोरिएका छन ।

गण्डकीका ११ मध्ये १० जिल्लाको अधिवेशन सकिएको छ । गण्डकीका दुई जिल्लाका अध्यक्ष दोहोरिएका छन भने पाँच जिल्लाको नेतृत्व सर्वसम्मत चयन भएको छ । कर्णालीका १० मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गर्दा सुदूरपश्चिमका ९ मध्ये ६ जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको छ ।

दोहोरिएका जिल्ला अध्यक्ष

सोलुखुम्बुमा डुफकुमार बास्तोला जिल्ला अध्यक्षमा दोहोरिनुभएको छ भने काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा पुरानै अध्यक्ष दोहोरिनु भएको छ । ललितपुरबाट पुरुषोत्तम आचार्य, भक्तपुरबाट बचन देउजा र काठमाडौँबाट दीपक निरौला चुनाव जितेर अध्यक्ष बन्नुभएको हो ।

यस्तै धादिङबाट अध्यक्ष बनेका भूमि त्रिपाठी, नुवाकोटबाट अध्यक्ष बनेका बद्री मैनाली र दोलखाका नरबहादुर श्रेष्ठ पनि चुनाव जितेर दोहोरिनुभएको छ ।
त्यस्तै बागलुङबाट हिरा केसी र स्याङ्जाबाट सूर्यप्रसाद गैरे अध्यक्षमा दोहोरिएका छन् ।

अर्घाखाँचीमा पीताम्बर भुसाल, प्युठान विजयराज विष्ट, गुल्मी वालसिंह काउछा र नवलपरासीमा दिपेन्द्र अधिकारी अध्यक्षमा दोहोरिएका छन् । कर्णालीको जुम्ला र रुकुमको अध्यक्षमा पुरानै अनुहार दोहोरिनु भएको छ । जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन भएका हुन् भने रुकुम (पश्चिम) को अध्यक्षमा नन्दराम देवकोटा दोहोरिनु भएको छ ।

एमालेका अनुसार कोशीको इलाम, मोरङ, तेह्रथुम, मधेसको सिराहा, सप्तरी, धनुषा, गण्डकीको मनाङ, कर्णालीको डोल्पा तथा सुदूरपश्चिमको अछाम, बझाङ र डोटीमा अधिवेशन हुन बाँकी रहेको छ ।

यी हुन निर्वाचित जिल्ला अध्यक्ष र पदाधिकारी टीम