जनता टाइम्स

७ असार २०८१, शुक्रबार २१:०३

सरकारले सिफारिश गर्यो अमेरिका-भारत र बेलायतसहित ८ देशका राजदूत, कुन देशमा को ? (सूचीसहित)


काठमाडौं, असार ७ । सरकारले अमेरिका र भारतसहित ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।आज बसेका बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो । बैठकले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतको लागि राजदूत सिफारिस गरेको छ ।

रेग्मी एमालेको कोटाबाट सिफारिस हुनुभएको हो । रेग्मीलाई यसअघि २०७७ मा तात्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो । एमालेकै कोटाबाट चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया र सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस हुनुभएको छ । यसैगरी नेत्रप्रसाद तिमल्सिना मलेसिया, डा. विजय पन्त बेलायतका लागि सिफारिस भएका छन् ।

त्यसैगरी पुष्पराज रन्जितकार स्पेन, र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस हुनुभएको छ । सिफारिस भएका ८ मध्ये ५ एमाले, एक नेकपा माओवादी केन्द्र र २ जसपाको कोटाका हुन । सिफारिश भएका राजदूतहरुको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ ।