काठमाडौं, असार ८ । चालु आर्थिक वर्ष २०८०\०८१ को जेठ मसान्तसम्म व्यापार घाटा साढे १३ खर्व १४ अर्वभन्दा बढी पुगेको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालू आवको ११ महिनामा ब्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा नेपालले १३ खर्ब ३७ अर्ब ४२ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।
गत आवको तुलनामा १.७२ प्रतिशतले व्यापारघाटा घटेको छ । गत आवको जेठसम्ममा १४ खर्ब ८० अर्ब रुपैयाँ आयात भइरहँदा चालु आवमा भने घटेर १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ । आयात वार्षिक १.८४ प्रतिशतले घटेको छ ।
कोभिडपछि आयातको आकार ह्वात्तै बढेर विदेशी मुद्रा अत्यधिक बाहिरिन थालेपछि सरकारले निश्चित वस्तुहरूमा तोकैरै प्रतिबन्ध लगाएको थियो। तर यता अहिले बजारमा माग न्यून भएकाले पनि गत आवको तुलनामा आयात घटेको भन्सार विभागले जनाएको छ । समग्रमा आयातको सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थ, फलाम, मेसिनरी तथा विद्युतीय उपकरण, सवारीसाधन बढी छ ।
आयातमात्रै होइन देशभित्र उत्पादित उद्योग तथा कलकारखानाको उत्पादन क्षमतामा कमी आउँदा निर्यात पनि घटेको छ । गत आवको तुलनामा चालु आवको जेठसम्ममा निर्यात ३.०१ प्रतिशतले घटेको हो । नेपालबाट गत वर्षको ११ महिनामा कुल १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँबराबरको निर्यात गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्