जनता टाइम्स

८ असार २०८१, शनिबार १०:५७

महान फुटबलर पेलेकी आमाको निधन


काठमाडौं, ८ असार । महान फुटबलर पेलेकी आमाको १०१ बर्षको उमेरमा निधन भएको छ । पेलेको निधन भएको १८ महिनापछि उहाँकी आमाको निधन भएको हो ।

पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ बर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरुले उल्लेख गरेका छन् ।

उहाँ पछिल्लो दुई बर्षदेखी कोमामा रहनुभएको थियो भने उहाँलाई आफ्ना छोरा पेलेको मृत्यु भएकोबारे समेत जानकारी थिएन । उहाँ १७ बर्षको हुँदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिनुभएको थियो ।