जनता टाइम्स

९ असार २०८१, आईतवार १६:१०

अमेरिका नपाएपछि सुशील प्याकुरेलले गरे राजदुत पद अस्वीकार


काठमाडौं, ९ असार । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गर्नुभएको छ ।

प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिनुभएको छ ।

उहाँले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमासमेत गम्भीर विमर्श आवश्यक रहेको बताउनुभएको छ । उहाँलाई सरकारले दक्षिण कोरियाको लागि राजदुतमा सिफारिस गरेको थियो ।

प्याकुरेलले अमेरिकाको राजदूत मागे पनि दक्षिण कोरियाका लागि सिफारिश भएपछि अस्वीकार गर्नुभएको उहाँ निकट स्रोतले जनताटाइम्स डटकमलाई बतायो । अमेरिका भए जाने अन्यत्र नजाने उहाँको निर्णय हो, पारिवारिक स्रोतले भन्यो ।