जनता टाइम्स

१० असार २०८१, सोमबार १७:३०

मेयर बालेनलाई उपमेयर सुनिताले दिइन मर्यादा नभुल्न सुझाव


काठमाडौं, १० असार । काठमाडौं महानगर उपमेयर सुनिता डंगोलले पदमा बसेपछि पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन मेयर बालेन शाहलाई आग्रह गर्नुभएको छ ।

काठमाडौं महानगरको नगर सभाको बैठकमा बोल्दै उपमेयर डंगोलले सिंहदरबार जलाउने, भत्काउने अभिव्यक्तिले हामि सबैलाई बिनाशको बाटोमा लैजाने भन्दै सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताउनुभएको हो ।

सबैले छलफल र संवादबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिदै जनप्रतिनिधिहरु सार्बजनिक रुपमा विवादमा उत्रिन नहुने बताउनुभयो । उहाँले मेयर र आफु लगायतका युवा नेताहरु राजनीतिमा आएको र आफूहरुका काम विश्वले हेरिरहेको भन्दै आफ्नो अभिव्यक्तिले कस्तो असर गर्छ भन्ने ख्याल गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले न्यूरोड, कलंकी जस्ता स्थानको विवाद संवादबाट समाधान गर्नुपर्ने बताउनुभयो ।