काठमाडौं, असार ११ । नेकपा एमालेका नेताहरूको जम्बो टोली चीन भ्रमणमा जाने भएको छ । उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय टोली आज चीन भ्रमणमा जान लागेका हो ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु १० दिने चीन भ्रमणमा जान लागेको एमालेले जनाएको छ । भ्रमणको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।
भ्रमण दलमा रिमालसहित स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत, सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायत नेताहरु रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्