जनता टाइम्स

११ असार २०८१, मंगलवार १७:४६

अदालतबाट मुख्यमन्त्री बन्ने कांग्रेस नेता केदार कार्कीको सपना तुहियो, सर्वोच्चले खारेज गरिदियो रिट


काठमाडौं, असार ११ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध पूर्वमुख्यमन्त्रीकेदार कार्कीले दायर गर्नुभएको रिट सर्वोच्च अदालतले खारेज गरेको

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी अब्दुल अजीजमुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान मुख्यमन्त्री कार्कीले दायर गर्नुभएकोरिट खारेज गरेको हो

रिट खारेज गरेसँगै नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको

संविधानको धारा १६८ उपधारा बमोजिम नै यसअघि मुख्यमन्त्री बन्नुभएका केदार कार्कीलाईसमर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँसरकार गठनको आव्हान गर्नुभएको थियो

उपधारा बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध निवर्तमानमुख्यमन्त्री केदार कार्कीले २०८० वैशाख २७ मा सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । अदालतको यो निर्णयसंगै अदालतबाट मुख्यमन्त्री बन्ने सपना तुहिएको छ ।