जनता टाइम्स

१२ असार २०८१, बुधबार ०५:१६

बेईजिङ पुग्यो एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको उच्चस्तरीय टोली


काठमाडौं, असार १२ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल नेतृत्वको उच्चस्तरीय टोली बेईजिङ पुगेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा एमाले उपमहासचिव रिमाल नेतृत्वको टोली बुधवार बिहान चीनको राजधानी बेईजिङ पुगेको हो ।

मंगलवार राती ३० सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको थियो । सो टोली १० दिन चीनमा रहने छ ।