जनता टाइम्स

१४ असार २०८१, शुक्रबार १२:०१

बाबु-छोरी एकैपटक एसईई उत्तीर्ण


दोलखा, असार १४ । दोलखाको शैलुङ गाउँपालिका निवासी शेरबहादुर बस्नेत र छोरी एसईई परीक्षा उतिर्ण भएका छन ।

शैलु शैलुङ गाउँपालिका वडा नं.४ आहाले निबासी बस्नेत र उहाँकी छोरी सन्ध्या बस्नेत भक्तपुर जिल्लाबाट एसईई परीक्षामा उचिर्ण हुनुभएको हो ।

परीक्षामा बाबु शेरबहादुरले ३.०२ र छोरी सन्ध्याले ३.२६ जिपिए प्राप्त गर्नुभएको छ । छोरीसँगै एसइइ उतिर्ण बस्नेत नेपाली सेनामा कार्यरत रहनुभएको छ ।