रामेछाप, १४ असार । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा न ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना नै घाइते भएको र घाइतेहरूको उद्दार गरि उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइसकिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक तथा सुचना अधिकारी कौशल न्यौपानेका अनुसार बसमा जम्मा सवार १० जना रहेको र ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस बिहान सभा आठ बजे दुर्घटनामा परेको हो । रातभर आएको पानीले कच्ची सडकमा माटो जम्मा हुँदा बसको अगाडिको चक्का भाँसिएर दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्