जनता टाइम्स

१७ असार २०८१, सोमबार १०:४८

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच फेरि भेटवार्ता, यस्तो छ निश्कर्ष


काठमाडौं, असार १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई नेताबीच आइतबार मात्र प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भएको थियो । उहाँहरुबचि आज पुनः छलफल भएको हो । प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिनुभयो ।

सत्ता फेरबदलको चर्चा चलिरहँदा दुई नेताबीच कुराकानी भएको हो । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद अघि बढेपछि भइरहेको चचा छ । फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको दावी नेताहरुले गर्दै आएका छन ।

दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए ।  सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट भएको थियो । मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी भएको कांग्रेस नेताहरूको दाबी छ ।