जनता टाइम्स

१७ असार २०८१, सोमबार १२:२३

मन्त्रीकै कारण संसद बैठक अवरुद्ध, स्थगित गर्न बाध्य भए सभामुख


काठमाडौं, असार १७ । सरकारमा रहेका मन्त्रीहरुकै कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । मन्त्रीहरु नआएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो। बैठकमा एकजना मन्त्रीको पनि उपस्थित नभएपछि बैठक स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले बैठकको प्रारम्भ भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराउनु भयो।

सांसद रामकृष्ण यादव बैठकको कामकारवाही सुरू नहुँदै सिटबाट उठेर बोल्न समय माग्नुभएको थियो । जवाफमा सभामुखले बैठक सुरू हुन बाँकी रहेको र सुरू भएपछि आफ्ना कुरा राख्न आग्रह गर्नुभयो।

लगत्तै सभामुखले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै सांसद यादवले प्रतिनिधिसभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै ध्यानाकर्षण गराउनु भयो। प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदको एकजना सदस्य रहने व्यवस्था छ।

एकजना पनि नभएको कारण ध्यानाकर्षण गराउँछुभनेपछि सभामुख घिमिरेले ध्यानाकर्षण भएको भन्दै बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो ।