जनता टाइम्स

१७ असार २०८१, सोमबार १८:१०

पदाधिकारी बैठकमा देउवाको खोले एमाले अध्यक्ष ओलीसँग भएको बार्ताको चुरो कुरा


काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताउनुभएको छ ।

आफ्नै निवास बुढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गर्नुभयो ।

बैठकमा देउवाले ओलीसँग भएको कुराकानीको ब्रिफिङ गर्दै सकारात्मक कुराकानी भइरहेको बताएको बैठकमा सहभागी एक पदाधिकारीले न्युज कारखानालाई बताउनुभयो ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस–एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।