जनता टाइम्स

१८ असार २०८१, मंगलवार १२:०१

कांग्रेस-एमाले गठबन्धनमा रास्वपा नजाने, प्रचण्ड प्रधानमन्त्री रहेसम्म सरकार नछाडने


काठमाडौं, असार १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली कांग्रेस र नेकपा एमालेको सरकारमा सहभागी नहुने भएको छ ।

आज बसेको पार्टी सचिवालयले अव बन्न लागेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुनेनिर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा अफूहरु सामेल नहुने निर्णय भएको बताउनु भयो ।

नयाँ गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा पनि जाँन्नौं, बैठकको निर्णय सुनाउँदै परियारले भन्नुभयो । उहाँका अनुसार अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने निर्णय भएको छ ।

‘अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,’ परियारले भन्नुभयो । आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको दावीसमेत उहाँले गर्नुभयो ।