काठमाडौं, असार २० । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको पक्षमा उभिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेको राई नेतृत्वको जसपा कांग्रेस-एमाले गठबन्धनको पक्षमा उभिदै सवै मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ । सो निर्णयअनुसार मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् ।
जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन । सवैले आज नै राजीनामा बुझाउन लागेका हुन । महासचिव मोहम्मद इस्तियाक राईका अनुसार आज साँझसम्म प्रधानमन्त्रीलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने छन । जसपाबाट स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान हुनुहुन्छ ।
एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । एमालेका मन्त्रीहरुले हिजै प्रधानमन्त्रीलाई भेटेर सामुहिक राजीनामा दिएका छन भने दाहाल सरकारलाई दिएको समर्थन समेत एमालेले फिर्ता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्