जनता टाइम्स

२० असार २०८१, बिहीबार २०:४४

नेकपा एसको महाधिवेशनमा लफडा, प्रतिनिधिलाई उल्लु बनाएर तीन नेताले पार्टी कब्जा गरेपछि झाँक्रीको बिद्रोह


काठमाडौं, असार २० । नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा चर्काे बवाद भएको छ । महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतामा सर्वसम्मत निर्णय गरेलगत्तै अध्यक्षमण्डलका अध्यक्षले महाधिवेशन सम्पन्न भएको घोषणा गरेपछि बिवाद बढेको हो ।

अध्यक्षमण्डलका अध्यक्ष सम्मानित नेता झलनाथ खनालले तीन पद सर्वसम्मत निर्वाचित भएसँगै अन्य पद तीन जनाको सचिवालयले निर्णय गर्ने भन्दै प्रतिनिधिलाई घर जान निर्देशन दिनुभएको थियो ।

महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भूसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएको घोषणा गरेको थियो । अन्य पदाधिकारीको निर्णय सचिवालयले गर्ने महाधिवेशन हलमा सम्मानित नेता खनालले घोषणा गर्नुभएको हो ।

महाधिवेशनअघि सचिव रहनुभएकी नेतृ रामकुमारी झाँक्रीले खनालको उक्त घोषणामा असहमति जनाउनु भएको छ । सामाजिक सञ्जालमा झाँक्रीले लेख्नुभएको छ, ‘अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न मसमेतको प्रयास सफल भएको हो । तर अध्यक्षमण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्यौं/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य ?, खै त खनाल कमरेड ?’