जनता टाइम्स

२१ असार २०८१, शुक्रबार ०८:४२

नागरिक उन्मुक्ति पनि कांग्रेस-एमाले गठबन्धनतिरै, सहभागी हुने घोषणा


काठमाडौं, असार २१ । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएको छ । सो पार्टीले कांग्रेस एमाले गठबन्धन रहेर सरकारमा सहभागी हुने जनाएको हो ।

नाउपाका नेता रेशमलाल चौधारीले बिहीवार साँझ काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराउनु भएको हो ।
नाउपाका संघीय संसदमा चार सांसद छन ।

देउवासँगको भेटपछि चौधरीले एमाले–कांग्रेसको सरकार राष्ट्रिय सहमतिको सरकार भएको हुँदा आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी दिनुभयो । माओवादी नेतृत्वको सरकारमा पनि नाउपाका चार मध्ये तीन सांसदले विश्वासको मत दिएका थिए । सरकारमा सहभागी गराउने विषयमा भने ढिलाइ भएको थियो ।