काठमाडौं, असार २१ । नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।
असार १६ गतेदेखि सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा नेताहरुले चयन गरेका ९३ केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो । २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताएको छ ।
९३ सदस्यीय केन्द्रीय समितिमा यसअघि पोलिटब्युरो सदस्यमा रहेका अधिकांश अनुहार समावेश रहेका छन । केन्द्रीय सदस्य तोक्दा नयाँ अनुहारलाई निषेध गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्