जनता टाइम्स

२१ असार २०८१, शुक्रबार १५:१६

बेलायती पूर्व प्रधानमन्त्री लिज ट्रस पराजित


लण्डन, २१ असार । बेलायती पूर्व प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले आफ्नो संसदीय क्षेत्रमा पराजित हुनुभएको छ ।

ट्रस आफ्नो साउथ वेस्ट नोर्फोक सिटमा टेरी जेरेमीसँग ६३० मत अन्तरले पराजित हुनुभएको हो । टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गर्नुभयो भने लिज ट्रसले ११ हजार २१७ मत प्राप्त गर्नुभएको थियो ।

हारपछि ट्रसले भन्नुभयो , ‘धेरै नीतिहरूमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौं । हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयो ।’

यस निवाचनमा लेबर पार्टी १४ बर्षपछि सत्तामा फर्किएको छ । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा लेबर पार्टीले अहिलेसम्म ४११ सिटमा जित हासिल गरेको छ भने कन्जरभेटिभ पार्टीले ११९ सिट जितेको छ ।