काठमाडौं, असार २२ । निरन्तसरको अविरल वर्षासँगै मुलुकचर बाढी पहिरोको जोखिम पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार नौ जिल्लामा बाढीको उच्च जोखिम रहेको छ । नारायणी र पश्चिम राप्ती नदीको जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतकर्ता अपनाउन भनी एसएमएस पठाइएको छ।
नारायणी नदीको देवघाट जलमापन केन्द्रमा बिहान जलसतह ७.३ मिटर पुगेको छ भने नदीको बहाव बढ्दो क्रममा छ। नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यसैगरी, पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह (६ मिटर) पार गरेको छ। बहाव बढ्ने क्रममा रहेकाले बाँकेका नदी तटीय क्षेत्रमा शनिबार साँझसम्म सतकर्ता अपनाउन आह्वान गरिएको छ।
महाशाखाले शनिबार र आइतबार बागमती, नारायणी, कालीगण्डकी, मस्याङ्दी, बबई, पश्चिम राप्ती, महाकाली र पश्चिम सेतीसहित अन्य साना नदी, खोलामा बहाब बढ्ने आँकलन गरेको छ।
महाशाखाका अनुसार आज शनिबार पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरा तथा आसपासका जिल्लामा बाढीको उच्च जोखिम रहेको छ । सो क्षेत्र ता आसपासका जिल्ला भइ बहने ससाना नदीमा बहाब बढिरहेकाले आकस्मिक बाढीको चेतावनी दिइएको छ।
प्रतिक्रिया दिनुहोस्