जनकपुर, असार २२ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ ।
प्रदेशसभामा शनिवार भएको मतदानमा मुख्यमन्त्री सिंहले ६७ मतसहित बिश्वासको मत पाउनु भएको छ भने उहाँको उहाँको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामाको आजको बैठकमा उपस्थित एक सय एक जना सदस्यले मतदान गरेका थिए ।
मुख्यमन्त्री सिंहको पक्षमा उहाँको दल जनमत पार्टी, नेकपा एमाले नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले मतदान गर्नुभयो । यस्तै जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्