जनता टाइम्स

२२ असार २०८१, शनिबार १७:५२

राहदानी-नागरिकता र श्रमतीको संख्या नै तोकेर गृहमन्त्री रबिमाथि खनिए पूर्वगृहमन्त्री भीम रावल


काठमाडौं, असार २२ । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बदमासी र अपराधको सवै सीमा नाघेको भन्दै कडा आलोचना गर्नुभएको छ ।

रबिको नागरिकता हेर्दा दुईटा, राहादानी हेर्दा दुईटा, अरु के जाती तीनटा भन्दै पूर्वगृहमन्त्री रावलले यस्ता काण्ड नै काण्डका नाइके गृहमन्त्री पदमा रहनु नै देश र जनतामाथिको गम्भीर घात भएको बताउनु भयो ।

सहकारी रकम अपचलनपछिको परिस्थितिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राजलले रबि जस्तो हाकाहाकी सहकारी ठगीमा संलग्न व्यक्तिलाई जोगाउन प्रहरी प्रशासन र राजनीतिक दलका शीर्ष नेताहरु लागेको भन्दै आपत्ति जनाउनु भयो ।

‘अहिले त पार्टीमा केही सोध्न पनि पाइँदैन रैछ, भर्खरै नयाँ पार्टी खुलेको, आएको भन्थे, त्यो पार्टीमा त महामन्त्रीले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछन,’ आफ्नोबारेमा प्रश्न उठाएर प्रतिवेदन बनाएकै कारण रास्वपाका महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको बिषय राख्दै रावलले भन्नुभयो, ‘भन्ने बेलामा भयंकर लोकतन्त्र भन्छन । त्यो स्वर टेलिभिजनमा सुन्दा त नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्ने धर्तीमुनि पस्ला जस्तो ।’

नेता रावलले रबिको श्रीमतीको संख्यासमेत खुलाउनु भयो । महिलासँग नामै नजोडेर अरु के हेर्यो तीनटा भन्दै रावलले रबिको श्रीमतीको बारेमा प्रश्न गर्नुभएको हो । ‘भरे सतहमा आउँदा त नागरिकता हेर्यो दुइटा, राहदानी दुइटा, अरु के तीन वटा, त्यसपछि सहकारी ठगी, अनि उसैलाई देशको सबै जिम्मा, उसलाई त्यहाँ राख्ने प्रचण्ड र मेरै पार्टी अध्यक्षलाई पनि म प्रश्न सोध्न चाहन्छु ।’

नेता रावलले अब प्रधानमन्त्री बन्न लागेका ओलीले सहकारी ठगीमा संलग्नलाई कारबाही नगरे त्यसको मतियार हुने जिकिर पनि गर्नुभयो । पूर्वगृहमन्त्री रावलले देशको सूचना बेच्ने व्यक्ति सदनमा छ भन्ने गृहमन्त्रीले दोषीलाई कारबाही गरेर देखाउनुपर्ने धारणासमेत राख्नुभएको छ ।

यस्तै गोर्खा मिडियामा आवद्ध रहँदा ९४ करोड ठगी आरोप लागेको भन्दै ठगलाई पद आपत्तिजनक रहेको बताउनु भयो । ‘यति ठूलो रकम ठगी आरोप लागेका ब्यक्तिलाई गृहमन्त्री राख्ने पार्टी को हो ? उसलाई राखेर यो दशेकलाई २ खर्वभन्दा बढी रकम सहकारी ठगीमा लगेर साधरण जनतालाई धरासायी गरेर देशलाई एकाघिकार पुजीवादको खेलौना बनाउने अभियानमा लाग्नुभयो,’ रावलले भन्नुभयो ।