जनता टाइम्स

२३ असार २०८१, आईतवार ०७:२१

महाकाली नदीमा पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा सवारीसाधन चलाउन रोक लगाइयो


कञ्चनपुर, असार २३ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएसँगै शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार ९१६ क्युसेक पुगेकाले सवारीसाधनको आवागमनमा रोक लगाइएको जानकारी दिनुभयो ।

शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउँदै आएको छ । शनिवार पानीको सतह ह्वात्तै बढेपछि साँझबाट रोक लगाइएको हो ।