जनता टाइम्स

२३ असार २०८१, आईतवार १०:०४

सप्तकोसीमा पानीको बहाव उच्च : कोशी ब्यारेजमा रातो झण्डा गाडियो, ५६ वटै ढोका खोलियो


सुनसरी, असार २३ । शुक्रवारदेखि पूर्वी पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने क्षमता रहेको छ पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । यसअघि बिहान ८ बजेका मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो ।

पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनार आसपासमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।