जनता टाइम्स

२३ असार २०८१, आईतवार ११:५९

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : एमाले


काठमाडौं, २३ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउँदै सरकारलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै राजीनामा नदिएर विश्वासको मत लिएमा आफुहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताउनुभयो ।