जनता टाइम्स

२३ असार २०८१, आईतवार १८:५६

कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव गुरागाईंको नाम सिफारिश


बिराटनगर, असार २३ । पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईं कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिस हुनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यषतामा रहेको सिफारिस समितिको बैठकले पूर्वसचिव गुरागाईंको नाम प्रदेश प्रमुख पर्शुराम खापुङसामु सिफारिस गरेको हो।

सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ। प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्षको अवधि ६ वर्षको हुन्छ। यस अघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण अवकाश पाउनु भएको थियो ।

आयोगमा सिफारिश हुनुभएका गुरागाईंसँग लोकसेवा आयोगमा काम गरेको समेत अनुभव रहेको छ। लामो समय निजामती सेवामा काम गर्नुभएका उहाँले दुई वर्ष अघि अवकाश पाउनुभएको थियो । गुरागाईं मोरङ मंगलबारेका स्थायी बासिन्दा हुनुहुन्छ ।