जनता टाइम्स

२५ असार २०८१, मंगलवार १४:१७

सत्ता गुमेसँगै माओवादीभित्रै चर्कियो लफडा, दलका नेताबिरुद्ध दुई तिहाई सांसदले गरे अबिश्वासको प्रस्ताव दर्ता


काठमाडौं, असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको इसारामा नयाँ खेल खेलेपछि केन्द्रदेखि प्रदेशसम्मै सत्ताच्यूत हुने अवस्थामा पुगेको नेकपा माओवादी केन्द्रभित्रै लफडा चर्किएको छ ।

माओवादी अध्यक्षसमेत रहनुभएका प्रचण्डले मतदाता र पार्टी नेता–कार्यकर्ताकै भावनाबिपरित काम गरिरहेको अयोग्य र नालायक ब्यक्ति च्यापेको भन्दै मधेश प्रदेशका सांसदहरु नै बिद्रोहमा उत्रिएपछि सो पार्टीभित्रको लफडा बाहिर आएको हो ।

मधेश प्रदेशमा मातृका यादव र गिरिराजमणि पोखरेललाई भिडाएर आफू अनुकूल काम गर्दै आउनु भएका अध्यक्ष दाहाललाई सन्देश दिन भन्दै दलका नेताबिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेर यसपटक सांसदहरु बिद्रोहमा उत्रिएका छन । मधेस प्रदेशका दुई तिहाइ प्रदेश सभा सदस्यहरूले संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन अविश्वास प्रस्ताव पेश गरेका हुन ।

दलको नेतृत्वको विषयमा विश्वास गुमेको कारणले ६ जना सांसदले साहविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन । मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेश सभा सदस्य छन । तीमध्ये प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साहविरूद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गर्नुभएको हो ।

‘करिब तीन हप्ता अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा भरतजीले व्यापक अनियमितता गर्नुभयो । गुटबन्दीमा लाग्नुभयो, एकलौटी गर्नुभयो । एक दुई जना बाहेक उहाँले कसैको कुरा सुन्नुभएन,’ अविश्वासको प्रस्तावमा हस्ताक्षर सांसदहरुको भनाई छ ।

मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेश सभा सदस्य छन । तीमध्ये प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साहविरूद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गर्नुभएको हो 

दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने माओवादी संसदीय दलको विधानमा उल्लेख छ । उक्त प्रस्तावबारे पूर्वसूचना संसदीय दलको नेताको हकमा उपनेतालाई दिनुपर्ने विधानमा व्यवस्था छ ।

लिखित सूचना प्राप्त भएपछि उपनेता भट्टराईले विधान अनुसार १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन समेत दिनुभएको छ । उक्त बैठकबाट बहुमत सदस्यले साहलाई दलको नेताबाट हटाएर अर्का नेतालाई दलको नेता तोक्ने तयारी छ । साह उपमहासचिव मातृकाप्रसाद यादव निकट हुनुहुन्छ ।

मधेशमा प्रचण्डले नै यादव र पोखरेलको गुट निर्माण गरी दुवै पक्षका आफू निकटलाई अवसर दिलाउँदै आउनु भएको आरोप रहेको छ । यादव निकट भनिए पनि दलका नेता साहले अहिलेसम्म अध्यक्ष प्रचण्डकै निर्देशनअनुसार मन्त्री छनोटदेखि अन्य काम गर्दै आउनु भएको थियो ।