काठमाडौं, असार २६ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता गंगाराम चौधरीले जानकारी दिनुभयो ।
‘समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उहाँले बताउनु भयो । सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं। भोलि पत्र पनि बुझाउँछौं,’ चौधरीले भन्नभयो । नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको हो।
पार्टीका संरक्षक रेशम चौधरीले यसअघि नै राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने जानकारी दिइसक्नु भएको छ । चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्