जनता टाइम्स

२७ असार २०८१, बिहीबार १४:४८

प्रहरी सरुवामा गृहमन्त्री रबिकै सचिवालय असुली धन्दामा, तीन दर्जन लेखापालसँग बोहोराले लिएको पेश्की डुब्यो


काठमाडौं, असार २७ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सचिवालय प्रहरीको सरुवा बढुवामा आर्थिक चलखेलमा संलग्न भएको तथ्य फेला परेको छ ।

आर्थिक वर्षको अन्त्यतिर नेपाल प्रहरीको आन्तरिक लेखा परीक्षण गर्ने लेखापालहरुको सरुवामा गृहमन्त्री लामिछानेका स्वकीय सचिवालयमा कार्यरत पूर्वपत्रकार दीपक बोहोराले असुली धन्दा चलाएको तथ्य फेला परकेो हो । प्रहरी प्रधान कार्यालय स्रोले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार बोहोराले सरुवाका लागि डेढ सय भन्दा बढी लेखापालसँग सम्पर्क गरी आर्थिक लेनदनेको बारेमा कुराकानी गरेका हुन ।

यही सरकार कायम रहेको खण्डमा बोहोराले आर्थिक वर्षको हिसाव राफसाफ गरेपछि आगामी साउन महिनको तलब भत्ता खानेगरी लेखापाललाई आकर्षक मानिने जिल्ला, कार्यालयहरुमा पठाउने तयारी थियो । झण्डै एक दर्जन लेखापालहरुले त बोहोरालाई पेश्की समेत बुझाईसकेको स्रोतले बतायो ।

स्रोतका अनुसार पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) विजय कुँवर र केही पूर्वइन्सपेक्टरहरु मार्फत पेश्की लिइसकेको र लामिछानेका स्वकीय सचिव बोहोराले बुझिसक्नु भएको छ । लेखापालसँग बोहोराले मन्त्री लामिछाने र निकिता भाउजुको चाहना भन्दै रकम माग्ने गरेको एक लेखापालले बताए । ‘निकिता भाउजु र रबि लाईलाई भन्दा अरुलाई थाह हुन्न, काम पक्का हुन्छ डराउनु पर्दैन भन्ने गरेका थिए, मेरै धेरै साथीहरुले बुझाइसकेछन, अव डुब्यो,’ ती लेखापालले भने ।

राम्रा जिल्ला सरुवा हुन र २ वर्ष पुगेकाहरू थमौती हुनका लागि भन्दै बोहोराले पेश्की बुझेको स्रोतले जनताटाइम्स डटकमलाई बतायो । अवकाश प्राप्त डिएसपी कुँवर असईदेखि नै लेखा समूहमा कार्यरत रहेका प्रहरी अधिकृत हुन् । लेखा अधिकृत भएपछि उहाँ प्रहरी एकेडेमीमा सरुवा हुनुभएको थियो । एकेडेमीमा हुँदै डीएसपी बढुवा हुनुभएका कुँवरको डीएसपी भएपछि प्रहरी प्रधान कार्यालय आर्थिक लेखा प्रशासनमा सरुवा भएको थियो ।

सोही ठाउँमा रहँदा कुँवरले आफ्नो नेटवर्क बनाएर अवकाशपछि पनि बोहोरासँग मिलेर आर्थिक चलखेल गरी लेखापालको सरुवा योजना बनाउनु भएको हो । बोहोराका कमाउ पार्टनर बनेका कुँवर एकेडेमीमा रहँदा निर्माणमा कालोसूचीमा परेको क्षमादेवी कन्स्ट्रक्सनसँग १५ प्रतिशत मागेको विषय यसअघि नै सार्वजनिक भइसेकेको छ ।