काठमाडौं, असार २८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ। संसद भवनमा आज नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर संकलन गरिएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गरेलगत्तै दाबी पेस गर्ने तयारी रहेको कांग्रेस र एमाले नेताहरूले बताएका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बिश्वासको मत पाउन नसकी स्वतः पदमुक्त भएलगत्तै दुई दलले सांसदहरुको हस्ताक्षर संकलन गरेका हुन । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गन असार १७ गते भएको थियो । सोहीअनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि सांसदको हस्ताक्षर संकलन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्