काठमाडौं, असार २८ । राष्ट्रपति रामचन्द्र पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसारकै सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
संसदमा बिश्वासको मत पाउन नसकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएलगत्तै राष्ट्रपति पौडेलले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्इलाई नेपालको प्रधानमन्त्री नियुक्तिको दावी पेश गर्न आह्वान गर्नुभएको हो । राष्ट्रपति पौडेलले आइतवार ५ बजेसम्मको समय दिनुभएको छ ।
राष्ट्रपतिको यो निर्णयसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने पदमुक्त प्रधानमन्त्री पुष्पकमल दााल प्रचण्डको योजना तुहिएको छ । अव ओली प्रधानमन्त्री बन्ने बाटो क्लियर भएको छ ।
प्रतिक्रिया दिनुहोस्