जनता टाइम्स

२९ असार २०८१, शनिबार २२:३०

सिमलताल बस दुर्घटना: नारायणी नदीको टापुमा दुई जनाको शव भेटियो


चितवन, असार २९ । चितवनको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएकामध्ये २ जना पुरुषको शव फेला परेको छ। नवलपरासीको गैंडाकोट नगरपालिका ७ गैरीस्थित नारायणी नदीको टापुमा आज २ जना पुरुषको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले अन्दाजी २५र३० वर्ष उमेर समूहका २ युवाको शव भेटिएको जानकारी दिनुभयो। नदीमा माछा मार्नेक्रममा बोटेहरूरुले शव देखेपछि प्रहरीलाई आज दिउसो ३ बजे खबर गरेका थिए।

एक जनाको छातीमा र अर्का युवकको अनुहारमा चोट लागेको, शव पहिचान गर्नसक्ने अवस्थामै रहेकाले सिमलताल बस दुर्घटनाकै भएको प्रहरीले जनाएको छ।उनीहरुको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । दुवै शवलाई पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। आज बिहानमात्रै भरतपुर महानगरपालिका २८ स्थित गोलाघाटमा बेपत्ता बसका एक यात्रुको शव भेटिएको छ।