काठमाडौं, असार ३० । नेकपा माओवादी केन्द्र आबद्ध नेपाल मगर संघ दोरम्बाका अध्यक्ष भीमबहादुर थापा मगर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापा मगर एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपा एमालेका सचिव योगेश भट्टराई, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेललगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।
नेकपा माओवादीका बाग्मती प्रदेश सम्पर्क कमिटी सदस्य समेत रहनुभएका थापा मगर गृहपालिका दोरम्बामा निकै प्रभावशाली मानिनु हुन्छ । उहाँले नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूल धार भएको र माओवादीबाट कम्युनिष्ट आन्दोलनको रक्षा हुन नसक्ने तथ्य स्थापित भइसकेको कारण एमाले प्रवेश गरेको बताउनु भयो ।
देशको समृद्धि एमाले र केपी ओलीको नेतृत्वमा मात्रै सम्भव भएकोले सोही पार्टीमा समावेश भएको उहाँले जानकारी दिनुभयो ।
‘माओवादी अवसरवादीहरुको झुण्डमा परिणत भयो, कम्युनिष्ट आन्दोलनको रक्षा हुन सक्दैन भन्ने निश्कर्षमा पुगें, सँगै देशको समृद्धि नेकपा एमाले र केपी ओलीको नेतृत्वमा मात्रै सम्भव छ भन्ने तथ्य पनि स्थापित भइसकेकोले एमाले रोजें,’ थापा मगरले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्