काठमाडौं, ३० असार । प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले पहिलो प्रतिक्रिया दिँदै सबैमा सम्मान र सबैलाई धन्यवाद दिनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै ओलीले भनेका छन्, ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’
राष्ट्रपति रामचन्द्र पौडेलले आज उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँ चौथो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहाँले प्रधानमन्त्री पदको शपथ सोमबार बिहान ११ बजे लिनुहुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्