धनगढी, साउन १ । सुदूरपश्चिम प्रदेशमा ‘बजेट होलिडे’ सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गत असार १ गते प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमान (बजेट) पारित हुन नसकेपछि आजबाट बजेट होलिडे सुरु भएको हो ।
अन्तरसरकारी बित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१(२) अनुसार प्रदेश प्रत्येक बर्षको असार १ गतेभित्र प्रदेश सभामा आगामी वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार प्रदेश सरकारले समयमै राजश्व तथा व्ययको अनुमान सभामा पेश गरेको थियो ।
यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित भइसक्नुपर्छ । तर, सत्ता साझेदार दलहरुबाटै र प्रतिपक्ष दलहरुले समेत बिरोध गरेपछि उक्त बजेट पारित हुन सकेन । बजेट पारित नभएपछि नयाँ आर्थिक वर्षको पहिलो दिन मंगलवारदेखि सरकारले खर्च गर्ने र आम्दानी गर्ने आधार गुमाएको छ ।
संघमा राजनीतिक समीकरण फेरिएपछि संकट सिर्जना भएको हो । केन्द्रमा कांग्रेस र एमालेबीच सत्ता समिकरण भएपछि एमालेले नेकपा एकिकृत समाजवादीका नेता दीर्घवहादुर सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्