काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको कार्यभार सम्हालेपछि चिनियाँ राजदूत छनले आज उहाँसँग भेट गरी बधाई दिनुभएको छ। सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सङ्गले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’
एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले सोमबार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४५औं प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्दै कार्यभार सम्हाल्नभएको थियो ।
प्रतिक्रिया दिनुहोस्