काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको बचत गर्दै आफूलाई भौतिक रुपमा भेटेर भन्दा डिजिटल माध्यमबाट बधाइ तथा शुभकामना दिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि बधाइका लागि भिड लागेर काममा नै समस्या हुन थालेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन सुझाउनु भएको छ ।
विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका बताउँदै डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुने सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नुभएपछि शुभकामना दिन ओइरो लागेको छ ।
बालकोटदेखि बालुवाटारमा सम्म भीड लाग्न थालेपछि उहाँले शुभकामनाका लागि कष्ट नगर्न र डिजिटल माध्यम प्रयोग गर्ने आग्रह गर्नुभएको हो ।
’विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु,’ आज बिहानै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
यस्तो छ अपिल
शुभ प्रभात !! विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु ।
प्रतिक्रिया दिनुहोस्