जनता टाइम्स

३ श्रावण २०८१, बिहीबार १०:२४

नेपालले आईसीसी डिजिटल अवार्ड जितेपछि प्रधानमन्त्री ओलीले दिए खेलाडीदेखि फ्यानसम्मलाई बधाई


काठमाडौं, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टीमसहित सवैलाई बधाई दिनुभएको छ ।

यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएकोमा प्रधानमन्त्री ओलीले खेलाटी, क्रिकेट प्रशासनसहित बिश्वभर रहेका नेपालीलाई बधाई दिनुभएको हो ।

आज बिहान सामाजिक सञ्जाल फसबुकमार्फत प्रधानमन्त्री ओलीले बधाई दिनुभएको छ । शुभ बिहानी !भन्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘हामी राम्रो क्रिकेट खेलिरहेका छौं, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौं । यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्। यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ। बधाई नेपाली !!’

शुभ बिहानी !
हामी राम्रो क्रिकेट खेलिरहेका छौं, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौं । यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्। यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ। बधाई नेपाली !!