जनता टाइम्स

३ श्रावण २०८१, बिहीबार १८:०२

नेप्सेमा देखियो नयाँ सरकारप्रतिको अगाध बिश्वास : ३५ महिनायताकै उच्च बिन्दुमा पुग्यो, साढे १५ अर्ब बढीको कारोबार, बैंकिङ समूहमा उच्च आकर्षण


साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो । मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो भने बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो । 

काठमाडौं, साउन ३ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व र बिष्णु पौडेलले अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने सूचना बाहिरिएदेखि लगातार बढिरहेको नेप्से परिसूचक ३५ महिनायताकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि २०७९ वैशाख ११ गते नेप्से २४२० विन्दुमा पुगेको थियो । त्यसयताको आज उच्च विन्दु हो । नेप्से उच्च बिन्दुमा पुग्दा बिहीवार बजारमा ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको करोबार भएको छ । यसअघि २०७८ भदौ ८ गते १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो ।

अघिल्लो दिन बुधबार मात्रै ५४ अंकले बढेको बजारमा १२ अर्ब ४३ लाख रुपैयाँको कारोबार भएको थियो । जुन करिब ३ वर्ष यताकै उच्च करोबार थियो । बिहीबार बजारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । बिहीवार नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स लिमिटेड, अंखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्रिस्टार हाइड्रोपावर सकारात्मक सर्किटका साथ सर्वाधिक नाफामा रहेका छन ।

कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड ४२ करोड ४६ लाख रुपैयाँको करोबारका साथ शीर्ष स्थानमा रहको छ । साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेप्से परिसूचक ५४.६६ अंकले बढेको छ । नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा बन्द भएको छ ।

बिहीबार कारोबार रकम गत ३५ महिनायताकै उच्च रहेको छ । आज १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएको छ । यसअघि गत २०७८ भदौ १३ गते १५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो । आजको कारोबार त्यसयताकै उच्च हो।

बुधबार भने १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रूपैयाँको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ६० करोड रूपैयाँ वृद्धि भएको हो ।
यस दिन ३१२ वटा धितोपत्रको तीन करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच भएको छ । बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यसदिन पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो । मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो भने बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको हो । यस्तै कुमारी सबल योजनाको मूल्य सर्वाधिक ५.७६ प्रतिशतले घटेको छ । उक्त योजनाको मूल्य ९ रूपैयाँ ३३ पैसा कायम भएको छ ।

यस्तै, सिन्धु विकास बैंक्को मूल्य ४.५७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५०१ रूपैयाँ कायम भएको छ । बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको प्रतिकित्ता मूल्य ९९७ रूपैयाँ ८० पैसामा ४२ करोड ४६ लाखको सेयर कारोबार भएको छ ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता १८८ रूपैयाँ ६० पैसामा ३८ करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन बैंकिङ समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

उक्त समूहको परिसूचक सबैभन्दा धेरै ६.२८ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र जलविद्युत समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । आज वित्त समूहको परिसूचक सबैभन्दा बढी १.२७ प्रतिशतले घटेको छ भने जलविद्युत समूहको परिसूचक शून्य प्रतिशतले घटेको छ ।

साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो । मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो भने बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो ।